TRENDING

ग्रेटर लुम्बिनी परियोजना कार्यान्वयनको सम्झौता, रामग्राममा तीन अर्ब बढी रकम आउने सुनिश्चित

बुद्ध संग सम्बन्धित क्षेत्रको एकिकृत विकासका लागि पश्चिम नवलपरासीको रामग्राम नगरपालिका सहित चार स्थानीय तहमा ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना संञ्चालनमा आएको छ । आज काठमान्डौमा आयोजित एक कार्यक्रमका बिच स्थानीय तहका प्रमुखहरु र शहरी विकास तथा भवन निर्माण बिभागका अधिकारी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अब रामग्राम नगरपालिका सहित रुपन्देहीको देवदह, लुम्बिनी सांस्कृतिक, कपिलवस्तु नगरपालिका र शहरी विकास तथा भवन निर्माण विभाग बिच परियोजना कार्यान्वयनका लागि सम्झौता भएको हो । सम्बन्धित पालिकाका प्रमुख र विभागका महानिर्देशक रविन्द्र बोहोराले सम्झौता पत्रमा हस्ताक्षर गरेको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले बताउनुभयो । कपिलवस्तु, रूपन्देही र नवलपरासीका बुद्धसँग सम्बन्धित क्षेत्रहरूको एकिकृत विकास गर्न उक्त परियोजनाका लागी विश्व बैंकले १२ अर्ब ६८ करोड रुपैयाँ ऋण सहयोग उपलब्ध गराएको छ ।

अब प्रत्येक स्थानीय तहले तीन अर्ब भन्दा बढी बजेट पाउने छन् । उक्त बजेट पर्यटन प्रर्वद्धनलाई केन्द्रमा राखेर सडक, नाली, बसपार्क, विद्युतीकरण, बौद्ध तीर्थयात्रीहरूका लागि ध्यान केन्द्र, विश्रामस्थल, क्याफे, सूचना केन्द्र, स्थानीय उत्पादनको बिक्री केन्द्र लगायत पर्यटकीय स्थलहरूको प्रवद्र्धनका लागि उक्त रकम खर्च हुने बताइएको छ । रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले अब रामग्राम स्तुपा लगायतका क्षेत्रको विकासमा कोसेढुंगा सावित हुने गरि काम हुने विश्वास व्यक्त गर्नुभयो । यो परियोजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्यो, यस बाट रामग्राम स्तुपा मात्र होईन् रामग्राम क्षेत्रकै कायापलटमा टेवा पुग्ने आशा छ, यादवले भन्नुभयो ।
पर्यटकिय क्षेत्रको विकास संग संगै भौतिक पुर्वाधार र स्थानीय स्तरमा रोजगारी सृजना गर्ने गरि काम हुने नगर प्रमुख यादवले बताउनुभयो ।

पर्यटन बाटै सम्वृद्धि हासिल गर्ने लक्ष्यका साथ अगाडी बढेका थियौँ, तर प्रर्याप्त बजेट अभावमा काम हुन सकेको थिएन, अब लक्ष्य हासिल गर्ने गरि कामलाई तिव्रता दिनेछौँ, आजै बाट परियोजनाको काम सुरु भयो, यादवको भनाई छ । रामग्राम स्तुपा भगवान गौतम बुद्धको एक मात्र सिंगो अस्थीधातु सुरक्षित रहेको स्थल हो । अब तीन अर्ब बढी रकम रामग्राम क्षेत्रमा खर्च हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 बिशेष न्यूज़ All right reserved Site By : Himal Creation