TRENDING

गणतन्त्र दिवसको अवसर पारेर गण्डक नहरमा पानी छाडियो

धान खेतीका लागि नेपाल गण्डक पश्चिमी नहरमा पानी छाडिएको छ । नारायणी नदिमा बनाइएको त्रिवेणी स्थित गण्डक बाँध बाट पश्चिम नवलपरासीका विभिन्न क्षेत्र सिंचाईका लागी बनाइएको नहरमा गणतन्त्र दिवसको अवसर पारेर आज बिहानबाट पानी छाडिएको गण्डक नहर व्यवस्थापन कार्यालय नवलपरासीका प्रमुख तिलकराम बुढाथोकीले जानकारी दिनुभयो । अघिल्लो वर्ष भन्दा यस पटक एक हप्ता छिटो नहरमा पानी छाडिएको छ ।

त्रिवेणीस्थीत नहरको मुखमा बालुवा थिग्राउने पोखरी निर्माण गरेपछि नहरमा बालुवा भरिने समस्या कम भएकाले सहज रुपमा पानी आएको उहाँले बताउनुभयो । बालुवा भरिएर साँघुरो बनेको नहर यस वर्ष पनि सफाइ गरिएको छ । झन्डै नौ करोडको लागतमा नहर सफाइ तथा मर्मत सम्भार गरेर चालु आर्थिक वर्षका लागि काम सम्पन्न भएको गण्डक नहर व्यवस्थापन कार्यालयले जनाएको छ ।

गण्डक बाधबाट ३२ किलोमिटर लम्बाइ रहेको नहरको पानीबाट पश्चिम नवलपरासीका ६ ओटा स्थानीय तहका ७ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुग्दै आएको छ । तर अझै पनि नहरको मर्मत सम्भार पुरा नहुँदा भने नहरमा पर्याप्त मात्रामा पानी आउन सकेको छैन् । विभिन्न शाखा कन्ट्रोल प्यानल र साना कुलाहरु समेत मर्मतको आवश्यकता छ । वर्षेनी मर्मतको नाममा रकम खर्च हुने गरेपनि काम पुरा हुन सकेको छैन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 बिशेष न्यूज़ All right reserved Site By : Himal Creation