TRENDING

सुस्ताका हाकिमको पारिवारीक काममा दौडिएको सरकारी गाडि दुर्घटना, शुसासनको धज्जी

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुषालले पारिवारिक शयर गर्न प्रयोग गरेको सरकारी गाडि दुर्घटनामा परेको छ । शुक्रवार सुनवल १२ हरकट्टामा गाउँपालिकाको स्र्कापियो गाडि बिपरीत दिशाबाट आईरहेको ट्रक संग ठोक्किएको हो । बुटवल तर्फ बाट फर्कदै गरेको गाउँपालिकाको प्र ०१–००१ झ ००६९ नम्बरको स्र्कापियो र बिपरीत दिशाबाट आउदै गरेको बा.प्र ०३–००१ ख ४८१९ नम्बरको ट्रक संग ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा गाउँपालिकाका सवारी चालकलाई सामान्य चोट लागेको छ भने अन्य शकुसल छन् ।

उक्त गाडि गाउँपालिकाका हाकिम भुषालले श्रीमतीको व्यक्तिगत कामका लागी प्रयोग गरेको बताइएको छ । सुस्तामा साढे दुई वर्ष देखि अड्डा जमाएका भुषालले विगतमा पनि सरकारी गाडिको व्यापक दुरुपयोग गर्ने गरेको गुनासो आउने गरेको थियो । श्रीमती बाल बच्चा समेत बोकेर व्यक्तिगत प्रयोजनमा उक्त सरकारी गाडि प्रयोग हुनुले पछिल्लो समय सरकारी गाडि प्रयोगमा गरिएको कडाईको विषयलाई धज्जी उडाइएको छ । घरायसी प्रयोजनका धेरै काममा सरकारी गाडिनै हाकिमले दौडाउने गरेको गाउँपालिका स्रोत बताउछ । नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले भने “उहाँको दादागिरी चल्छ, अध्यक्षलाई त टेर्नुहुन्न अरु त के कुरा ।”

स्थानीय तहमा प्राय एक वर्षमा प्रमुख प्रशासकियत अधिकृत फेरबदल हुने गरेपनि सुस्तामा भुषाल साढे दुई वर्ष देखि बसिरहेका छन् । काग्रेस पृष्ठभूमि देखाएर सुस्ता पुगेका भुषाल काग्रेस एमाले सत्ताबाट बाहिरिएपछि झनै उग्र बनेको बताईन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 बिशेष न्यूज़ All right reserved Site By : Himal Creation