TRENDING

“गुणस्तरीय शिक्षा देवकोटामै” विद्यार्थीले गर्देछन् क्याम्पसको प्रर्वद्धन-आर्कषक भिडियो समाग्री बनाउनेलाई पुरस्कारको व्यवस्था

पश्चिम नवलपरासीको सुनवलमा रहेको महाकवि देवकोटा क्याम्पसले, क्याम्पसको प्रर्वद्धनका लागी भिडियो मार्फत प्रचार गर्न प्रतियोगिताको आयोजना गरेको छ । एमडिसी एड कम्प्टिसन मार्फत उक्त क्याम्पसमा अध्ययन गर्ने, क्याम्पस बाट पास आउट भएका र अन्य क्षेत्रका समेत गरि जिल्लाका सातै स्थानीय तह र रुपन्देहीको देवदहका विद्यार्थी सहभागी हुन पाउने गरि प्रतियोगिताको आयोजना गरिएको छ । क्याम्पसको प्रचारप्रसार मात्र होईन विद्यार्थीहरूको सिर्जनशीलता, प्रवद्र्धनात्मक क्षमता तथा डिजिटल सामग्री निर्माण सीपलाई प्रोत्साहन गर्ने उद्देश्यले विद्यार्थीहरुकै सकृयतामा प्रतियोगिता आयोजना गरिएको क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछानेले बताउनुभयो । “देवकोटा क्याम्पसमा गुणस्तरीय र विविधतायुक्त शिक्षा छ, तर अझै पनि बुटवल भैरहवा धाउने क्रम चलिहरेकाले, क्याम्पसको विषयमा विद्यार्थीबाटै जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो, अध्यक्ष लामिछानेले भन्नुभयो । ”

प्रतियोगितामा सहभागीहरूले महाकवि देवकोटा क्याम्पसको शैक्षिक वातावरण, अवसर, पूर्वाधार, उपलब्धि तथा विद्यार्थी जीवनलाई आफ्नो दृष्टिकोणबाट प्रस्तुत गर्दै ३० सेकेन्डदेखि २ मिनेटसम्मका मौलिक भिडियो तयार गर्नुपर्नेछ। आयोजकका अनुसार प्रतियोगितामा उत्कृष्ट १० भिडियो छनोट गरी क्याम्पसको आधिकारिक टिकटक र फेसबुक पेजमार्फत सार्वजनिक गरिनेछ। त्यसपछि सामाजिक संञ्जालमा आएका प्रतिक्रिया तथा निर्णायक मण्डलको मूल्याङ्कनका आधारमा उत्कृष्ट तीन विजेता चयन गरिने व्यवस्था गरिएको छ। प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैयाँ, द्वितीयलाई १५ हजार रुपैयाँ र तृतीय लाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने क्याम्पस प्रमुख अनिल कुमार बस्नेतले बताउनुभयो ।

प्रतियोगिताको आवेदन तथा भिडियो बुझाउने अन्तिम मिति असार १० गते राति १२ बजेसम्म तोकिएको छ। उत्कृष्ट १० फाइनलिस्टको घोषणा असार १३ गते गरिनेछ भने सार्वजनिक मतदान असार १४ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ। अन्तिम नतिजा असार २१ गते सार्वजनिक गरिने आयोजकले जनाएको छ । प्रतियोगितामार्फत विद्यार्थीहरूको रचनात्मक क्षमता अभिवृद्धि गर्नुका साथै महाकवि देवकोटा क्याम्पसको शैक्षिक गतिविधि, अवसर र उपलब्धिलाई व्यापक रूपमा प्रवद्र्धन गर्ने अपेक्षा गरिएको अध्यक्ष लामिछानेले बताउनुभयो । २०६० सालमा स्थापना भएको देवकोटा क्याम्पसमा हाल १४ सय ५० जना विद्यार्थी अध्ययनरत छन् । क्याम्पसले लगातार दुई पटक क्युएए गुणस्तर मापदण्ड प्राप्त गरेर यस क्षेत्रमै अग्रणी शैक्षिक संस्थाको रुपमा स्थापित भएको क्याम्पस व्यवस्थापनले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 बिशेष न्यूज़ All right reserved Site By : Himal Creation