TRENDING

मैले रेशमजीको नाम भजाएर मत माग्दै हिँडेको भन्नु कुप्रचार हो

स्थानीयतह निर्वाचनको केही समय अघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको राजनैतिक दल नागरिक उन्मुक्ति पार्टीले कैलालीका ६ ओटा वडामा जित हासिल गरिसकेको छ । केही पालिकामा अन्य दलभन्दा निकै अगाडि रहको छ । २०७८ माघ दोश्रो साता मात्रै दर्ता भएको दल नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीसँग इकागजका सुदूरपश्चिम संयोजक दीपक उपाध्यायले स्थानीय निकायको चुनावमा देखिएको मत परिणाममा केन्द्रित रही गरेको कुराकानी :

यति धेरै वडामा जित होला भन्ने लागेको थियो तपाईँहरूलाई ?
पक्कै आशा थियो । हामी ढुक्क पनि थियौँ ।

कतिओटा पालिका÷वडा जित्ने अनुमान गर्नुभएको छ ?
अहिलेसम्म हामीले नगरपालिका र गाउँपालिका गरेर ६ ओटा वडामा जित हासिल गरिसक्यौँ । जसमा टीकापुर नगरपालिकाको वडा नम्बर ४ र ५, भजनी नगरपालिकाको वडा १ मा जित हासिल गरिसक्यौ । त्यस्तै, टीकापुर नगरपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाको प्रमुख र उपप्रमुखमा हामी धेरै अगाडि छौ ।

जनताले किन नागरिक उल्मुक्ति पार्टीलाई रोजे होलान ?
२०७२ सालमा टीकापुरमा भएको घटनामा राज्यद्वारा थारु समुदाय, दलित र पिछडा वर्गलाई जुन दमन गरियो, त्यसकै फल हो जस्तो लाग्छ । हामीले यी समुदायका आवाज उठान ग¥यांै, त्यही भएर हामीलाई जनताले विश्वास गरेका हुन् ।

तर राजनैतिक दलले त रेशम चौधरीको नाम भजाएर मतदाता रिझाएको आरोप लगाएका छन् ?
त्यो वहाँहरूको भ्रम मात्रै हो । म नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय अध्यक्ष साथै रेशम जीको धर्मपत्नि पनि हो । त्यो यहाँका मतदाताहरुलाई राम्रैसँग थाहा छ । त्यसैले मैले रेशम जीको नामै भजाएर मत माग्दै हिँडेको भन्नु भ्रम मात्रै हो । कुप्रचार हो ।

आगामी प्रदेश र संघको निर्वाचनका लागि तयारी थालिसक्नु भएको हो ?
हजुर, हामीले तयारी थाली सक्यौँ र केही स्थानीय तहका साथै संघमा समेत हाम्रो जित सुनिश्चत छ ।

रेशम चौधरीलाई सबै ठूला दलका नेताहरूले निर्दोष छ भन्छन्, तर छोड्न पहल किन नगरेका होलान ?
सुदूरपश्चिममा आउँदा सबैले रेशम चौधरीलाई निर्दोष नै बनाइदिनु हुन्छ । तर, यहाँबाट जाने बित्तिकै विर्सनु हुन्छ । रेशमको आफ्नै पार्टीले त छुटाउन कुनै पहल गरेन । यो सबै राजनैतिक फण्डा मात्रै हो । सबैले आ–आफ्नो दुनो सोझयाउनतिर लाग्छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 बिशेष न्यूज़ All right reserved Site By : Himal Creation